१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

हावाहुरीसहित वर्षा : तीन दिन मौसम प्रभावित हुने 

काठमाडौँ — पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । 
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले बताइन् । 

हावाहुरीसहित वर्षा : तीन दिन मौसम प्रभावित हुने 

पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र हल्कादेखि मध्यम वर्षा भएको बताइएको छ । उक्त प्रणाली क्रमशः विकसित भई आगामी सोमबारसम्म कायम रहने मौसमविद् पोखरेलले बताइन् ।

काठमाडौँ उपत्यकामा आज दिउँसो केही बेर मौसम खुला भई घाम लाग्ने छ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।


विभागले तीनदिनको मौसमको यस्तो अनुमान गरेको छ हेर्नुहोस् :



प्रकाशित : चैत्र २३, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?