बारा, पर्साका हुरीपीडितको झन् विचल्ली

लक्ष्मी साह

काठमाडौँ — हावाहुरीसँगै असिनापानी परेपछि बारा, पर्साका हुरीपीडितको झन् विचल्ली भएको छ । पानी, असिनाका कारण राहत वितरण प्रभावित भएको छ । पीडितहरु ओत लाग्ने ठाउँको खोजीमा भौतारिरहेका छन् ।

बारा, पर्साका हुरीपीडितको झन् विचल्ली

केही स्थानमा खेतमै टेन्ट हालिएकोले डुबानको समस्यासमेत उत्पन्न भएको स्थानीय प्रहरीले जनाएको छ ।


मौसम गडबडीका कारण जिल्ला विपद् व्यवस्थापन समितिको बैठकसमेत बस्न नसकेको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिए ।


गत आइतबार रातिको हुरीबतासका कारण बारा, पर्साका २९ जनाको मृत्यु, करिब ६ सय घाइते र दुई हजार जति घरमा क्षति पुगेको थियो । बनेका थिए । जसमा करिब एक हजार पूर्ण र बाँकी अर्धक्षति पुगेको थियो । स्थानीय प्रशासन र विभिन्न संघ संस्थाको पहलमा झन्डै ६ सय टेन्ट पुगेको छ ।


प्रकाशित : चैत्र २३, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?