१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अझै मेघ गर्जन र चट्याङसहित वर्षा हुन्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका धेरै स्थानमा अझै मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ । काठमाडौंसहित मुलुकका धेरै भागमा बिहानैदेखि हावाहुरी र चट्याङसहितको वर्षा जारी छ । 

अझै मेघ गर्जन र चट्याङसहित वर्षा हुन्छ : मौसम पूर्वानुमान महाशाखा

महाशाखाले शनिबार विशेष बुलेटिन सार्वजनिक गर्दै मुलुकको पूर्वी र मध्यका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली तथा पश्चिम भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेकाले सचेत हुन भनेको छ ।

'मध्य तथा पश्चिमको केही भूभागमा विकसित मौसमी प्रणालीका कारण उपत्यकालगायत देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयाङसहित वर्षाले निरन्तरता पाउने देखिएको छ' महाशाखाले बुलेटिनमा भनेको छ ।

मौसमविद्हरुका अनुसार केही दिनयता प्रि मनसुन (मनसुन सुरु हुनुअघिको वर्ष) सक्रिय भएको छ । चैतदेखि जेठसम्मको वर्षालाई प्रि मनसुन भनिन्छ । यसअवधिमा मेघ गर्जनसहित हावाहुरी, बतास, चट्याङसहितको वर्षा हुन्छ ।


प्रकाशित : चैत्र २३, २०७५ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?