कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

चट्याङले २ को मृत्यु

मोरङ — हावाहुरीसहित शनिवार दिउँसो मोरङ र झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । 

चट्याङले २ को मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका ३ की १० वर्षीया आराधना राजवंशीको चट्याङ लागेर मृत्यु भएको छ । पानी पर्न थालेपछि बाहिर रहेको गाईवस्तुलाई घर ल्याउन जाने क्रममा चट्याङ लागेर घाइते आराधनाको विराट मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो ।


यस्तै, झापाको मेचीनगर नगरपालिका १५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउतको चट्याङ लागेर मृत्यु भएको छ । उनकी पत्नी ३५ वर्षीया सुनिता राउत र भाउजु ३६ बर्षीया मञ्जु राउत घाइते भएको प्रहरीले जनायो ।


खेतमा काम गरिरहेको बेला चट्याङ लागेर उनीहरु घाइते भएका थिए । भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारको क्रममा प्रकाशको मृत्यु भएको र उनकी पत्नी र भाउजुको उपचार भइरहेको प्रहरीले जनायो ।

प्रकाशित : चैत्र २३, २०७५ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?