चन्द समूहका ताम्सालिङ उपप्रमुखद्वारा आत्मसमर्पण

राजकुमार कार्की

सिन्धुली — नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ताले सिन्धुली प्रशासनसमक्ष आइतबार आत्मसमर्पण गरेका छन् । उनले आत्मसर्मपण गर्दै पार्टी परित्यागको घोषणा गरेका छन् । 

चन्द समूहका ताम्सालिङ उपप्रमुखद्वारा आत्मसमर्पण

रामेछापको खाडादेवी गाउँपालिका-१ राकाथुमका प्रेमबहादुर श्रेष्ठले आत्मसमपर्ण गरेका हुन् । उनी विप्लव समूहको भातृ संगठन ताम्सालिङ स्वायत्त प्रदेशका उपप्रमुख हुन् । हाल सिन्धुलीको सुनकोसी गाउँपालिका-५ मा उनले ईँटा उद्योग सञ्चालनमा ल्याएका छन् ।


चन्द समूहले अख्तियार गरेको हिंसात्मक गतिविधि गर्दै चन्दा असुली, आगजनी, तोडफोड गर्ने रणनीति मन नपरेकाले वितृष्णा पैदा भइ समूह परित्याग गरि सामान्य जीवन यापन गर्ने उपप्रमुख श्रेष्ठले बताए ।


संविधानको पालना गर्दै कानून मानेर जो सुकैले स्वतन्त्र जीवन यापन गर्न पाउने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।

प्रकाशित : चैत्र २४, २०७५ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?