कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्ता बाहिर रहेका कम्युनिस्टलाई एक हुन वैद्यको आग्रह 

दीपेन्द्र विष्ट

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले सत्ता बाहिर रहेका कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर बृहत् पार्टी बनाउन पहल गर्ने बताएका छन् । नेकपालाई सरकारी कम्युनिस्ट नामको संज्ञा दिँदै उनले नेत्रविक्रम चन्द, मोहन विक्रम सिंह, गोपाल किराँती लगायतलाई एकीकरणको मोर्चा आउन उनले आग्रह गरे । 

सत्ता बाहिर रहेका कम्युनिस्टलाई एक हुन वैद्यको आग्रह 

'समय एकै किसिमको हुँदैन, समय अनुसार चुनावलाई कहिले उपयोग र कहिले बहिष्कार गर्नुपर्छ' देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले भने, 'आवश्यक परे चुनावलाई उपयोग गर्नुपर्छ, आवश्यकता नभए बहिष्कार गर्नुपर्छ, त्यसै सबैले एक स्थानमा आउनुपर्छ, यो समयको माग हो ।' विप्लव, सिंह किराँतीलाई व्यक्तिगत रूपमा भेटेर भए पनि उनले पार्टी एकीकरण अभियानलाई अघि सार्ने बताए ।


चन्द समूहमाथिको प्रतिबन्ध, सिके राउतसँगको ११ बुँदे सम्झौता र राजपाको सांसद रेसम चौधरीलाई आजीवन कारावासको सजाय अमेरिकन सामराज्यवादको निर्देशन भएको उनले आरोप लगाए । सरकारले बाह्य शक्तिको निर्देशन पालना गनर्ुुपर्ने अवस्था भएको भन्दै उनले सबै गतिविधि सरकारको नियन्त्रण भन्दा बाहिर रहेको दाबी गरे ।


सरकारले घोषणा गरेको 'सम्वृद्धि र विकास' को नारा सफल नहुने भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गफमात्र भएको बताए । 'जनतालाई झुक्याएर केही पनि हुँदैन' उनले भने, 'जनतासमक्ष सरकार पुग्न नै सकेको छैन ।'

प्रकाशित : चैत्र २४, २०७५ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?