कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अर्घाखाँचीमा जिप दुर्घटना, ३ को मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — सदरमुकाम सन्धिखर्कस्थित चुत्रावेशीबाट प्युठानको बरौला गाउँतफ जाँदै गरेको यात्रु बाहक जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीमा जिप दुर्घटना, ३ को मृत्यु

लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे भूमिकास्थान नगरपालिका-८ नुवाकोटको लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि सडकबाट तल खस्दा दुर्घटना भएको थियो ।


दुर्घटना परी प्युठान ऐरावती गाउँपालिका-२ का ५० वर्षीय धनबहादुर राना, १४ वर्षीया मनीका आचार्य र अन्दाजी ६ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको सन्धिखर्क अस्पतालमा निधन भएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले बताए । बालकको परिचय खुलेको छैन ।

१४ सिट सवार जिपमा १८ जना यात्रु थिए । जसमध्ये ८ जनाको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ । अन्य घाइतेको सन्धिखर्कमै उपचार भइरहेको छ ।

प्रकाशित : चैत्र २५, २०७५ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?