कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बारामा फेरि हावाहुरी, केही घरका छाना उडायाे

लक्ष्मी साह

बारा — बारामा मंगलबार बिहान फेरि हावाहुरी आएको छ । हुरीले केही ठाउँमा बिजुलीका पाेल ढलेका छन् । केही स्थानमा घरका छाना उडाएकाे छ । हुरी प्रभावित क्षेत्रमा भीषण वर्षा भइरहेकाे छ । 

बारामा फेरि हावाहुरी, केही घरका छाना उडायाे

गतसाताकाे हुरीबाट बिस्थापित भएर त्रिपालमूनि बस्दै आएका परिवार झन् समस्यामा परेका छन् ।

गतसाता बढी प्रभावित क्षेत्र फेटा, सुवर्ण, देवताल गाउँपालिका र महागढीमाइ नगरपालिकामा हुरीपीडितकाे त्रिपालमा वर्षा र हुरीले क्षति पुर्‌याएकाे छ । म‌ंगलबार बिहान असिनासँगैकाे हावाहुरी र पानीका कारण खाना पकाउन समेत नमिलेकाे बताइएकाे छ ।

हवाहुरीले सिमरामा केही विद्युत्‌का पाेल ढलेका छन् भने केही घरकाे छाना उडाएकाे छ । हुरी पीडितका त्रिपाल पनि डुबानमा परेका छन् । राहत वितरणकाे काम पनि अवरुद्ध भएकाे छ ।


गत आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीमा २७ जनाकाे मृत्यु भएकाे थियाे भने ४ सयभन्दा बढी घाइते भएका थिए ।

प्रकाशित : चैत्र २६, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?