बारामा फेरि हावाहुरी, केही घरका छाना उडायाे
बारा — बारामा मंगलबार बिहान फेरि हावाहुरी आएको छ । हुरीले केही ठाउँमा बिजुलीका पाेल ढलेका छन् । केही स्थानमा घरका छाना उडाएकाे छ । हुरी प्रभावित क्षेत्रमा भीषण वर्षा भइरहेकाे छ ।
गतसाताकाे हुरीबाट बिस्थापित भएर त्रिपालमूनि बस्दै आएका परिवार झन् समस्यामा परेका छन् ।
गतसाता बढी प्रभावित क्षेत्र फेटा, सुवर्ण, देवताल गाउँपालिका र महागढीमाइ नगरपालिकामा हुरीपीडितकाे त्रिपालमा वर्षा र हुरीले क्षति पुर्याएकाे छ । मंगलबार बिहान असिनासँगैकाे हावाहुरी र पानीका कारण खाना पकाउन समेत नमिलेकाे बताइएकाे छ ।
हवाहुरीले सिमरामा केही विद्युत्का पाेल ढलेका छन् भने केही घरकाे छाना उडाएकाे छ । हुरी पीडितका त्रिपाल पनि डुबानमा परेका छन् । राहत वितरणकाे काम पनि अवरुद्ध भएकाे छ ।
गत आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीमा २७ जनाकाे मृत्यु भएकाे थियाे भने ४ सयभन्दा बढी घाइते भएका थिए ।
प्रकाशित : चैत्र २६, २०७५ १०:०३