जुगल हिमालमा पहिलोपटक मानव पाइला

माया गुरुङसहित दुई जनाले पाइला टेके
अनिश तिवारी

सिन्धुपाल्चोक — सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ३ जनाले भर्जिन जुगल हिमालमा पहिलोपटक पाइला टेकेका छन् । जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठकाअनुसार आरोही गुरुङसहित शर्मिला थापा, मिलन तामाङले पाइला टेकिसकेका छन् । जुगल हिमाल समुद्री सतहबाट ३ हजार ८ सय मिटर अग्लो छ ।

जुगल हिमालमा पहिलोपटक मानव पाइला

काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगलमा गएको शुक्रबार टोली आरोहणको लागि लागेको थियो । 'हामी अबको ५ मिनेटमा शिखरमा चढिसकेका हुनेछौं, भनेर फोनमा भन्नुभयो, 'गाउँपालिका महासंघका अध्यक्ष रहेका श्रेष्ठले भने । कम्तीमा ३० दिनसम्म हुन सक्ने अनुमान गरिएको जुगल आरोहण उत्साहजनक रहेको आरोहीले बताएको उनले प्रस्ट्याए । उनले ५ बजेर २० मिनेटमा शिखरमा चढिसक्ने आरोहीबाट सूचना पाएको जानकारी गराए ।

टोलीमा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका नाति, पर्वतारोहण विज्ञसहित सात जना हुने भए पनि आरोहणको लागि तीन जनामात्रै पुगेका हुन् । लगातार हिमपात र मौसम प्रतिकूल भएपछि आरोहण टोलीसँगको खाद्यान्न सामाग्री सकिएपछि हेलिकप्टरबाट चार हजार ७ सय २४ को उचाइको बेसक्याम्पमा लगिएको थियो । आरोहण दलका केही सदस्यलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो । त्यसलगत्तै आरोहणका ५ जना टोलीले ६ हजार एक सय ५१ उचाइ रहेको ग्लोजन पिकको आरोहण थालेका थिए ।


जुगल हिमश्रृंखलामा हिलेसम्म मानव पाइला नपुगेको क्षेत्र भएकाले जुगल हिमाल संम्भाव्यता अध्ययन, रुट पहिचान तथा तथा निर्धारणलगायतका कार्यहरुमा केन्द्रित हुने छ । काठमाडौं-गुम्बा तेम्बाथाङ-छेन्दाङ-नेपेमासाल-बुम्बाशेर्पु-आधारक्षेत्र, हाइक्याम्प हुँदै जुगलको शिखर पुग्ने रुट बनाइएको छ ।

काठमाडौंबाट एक सय ४५ किलोमिटर (सडक तथा पैदल) दूरीमा रहेको जुगल हिमश्रृंखला औपचारिक रुपमा मानव पाइला परेको हो । जुगल गाउँपालिका वडा नं ३ को उत्तरी भेगमा रहेको यस हिमश्रृंखलामा दुई दर्जनभन्दा बढी चुचुरा रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । ३५ सय मिटरको उचाइमा रहेको नेपेमाशालको मनोरम दृश्य यस क्षेत्रको महत्वपूर्ण पर्यटकीय गन्तव्यको आधार रहेको उनको कथन छ । छोटो समयमा र थोरै खर्चमा ट्रेकिङ र हिमाल आरोहण गर्न चाहानेलाई उत्तम गन्तव्य हुने देखिन्छ ।


काठमाडौंबाट नजिक भएर पनि ओझेलमा परेकाले आरोहण हुने कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । पर्यटनमार्फत जिल्लालाई चिनाउने अभियानअन्तर्गत आरोहण क्रममा पुगिने नेपेशालमा बौद्ध धर्मका गुरु पद्यमसंम्भवले तपस्या गरेको र विभिन्न परिघटनाका भविष्यवाणीको लिखत लुकाइएको मानिन्छ । नेपेमाशाल केही दूरीमा रहेको ब्रम्हायणी नदी, हरियाली जंगल, जलमार्गमा रहेको हजार जना अट्ने गुफा र त्यसैको आडमा स्थित जुगल हिमालको दृश्य मनोरम देखिन्छ ।

प्रकाशित : चैत्र २६, २०७५ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?