कर्मचारी समायोजन कहाँ कति ?

अब्दुल्लाह मियाँ

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चैत १५ मा 'दुनियाँलाई चकित' पार्ने गरी कर्मचारी समायोजन सकिएको दाबी गरे । त्यस दिन उनले अब कर्मचारी प्रशासनभित्र कुनै समस्या नरहेको समेत भन्न भ्याए ।

कर्मचारी समायोजन कहाँ कति ?

तर कर्मचारी संयन्त्रमा सिर्जना भइरहेका नयाँ-नयाँ समस्याले मन्त्री पण्डितको दाबीलाई खण्डित गरेका छन् ।


कहाँ कति समायोजन

संघीय मामिला तथा सामान्य मन्त्रालयका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दी स्वीकृत भएकामा ३९ हजार ९ सय ६० कर्मचारी समायोजन भएका छन् । यसअनुसार संघमा ८ हजार ४ सय ४९ कर्मचारी अपुग छ ।


७ वटा प्रदेशमा २२ हजार २ सय ९७ कर्मचारी दरबन्दी स्वीकृत भएको छ । तर, १३ हजार ८ सय २१ कर्मचारी मात्र समायोजन भएका छन् । प्रदेशमा ८ हजार ४ सय ७६ कर्मचारी अपुग देखिन्छ । ७ सय ५३ स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दीमध्ये ४३ हजार ८ सय ७ जना कर्मचारी समायोजन भएका छन् । स्थानीय तहमा सबैभन्दा बढी २३ हजार १ सय १ कर्मचारी अपुग छन् ।


मन्त्रालयका अनुसार २ हजार ४ सय ४३ कर्मचारी फाजिलमा छन् । विभिन्न दरबन्दी, सेवा, पद नमिलेका कारण फाजिलमा रहेकालाई सेवा सञ्चालन गर्ने निकायबाट अध्ययन गरी पछि प्रदेश वा स्थानीय तहमा समायोजन गरिने मन्त्रालयले जनाएको छ ।

















प्रकाशित : चैत्र २६, २०७५ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?