नेता नेपाल घर फिर्ता

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट घर फिर्ता भएका छन् । ज्वरो र खोकीले अस्वस्थ्य भएका उनी अवस्था सामान्य भएपछि बुधबार घर फर्किएका उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । 

नेता नेपाल घर फिर्ता

पूर्वप्रधानमन्त्री नेपाल गत आइतवार ज्वरो र खोकी भएपछि अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । दैनिक कार्यक्रममा जाँदा दौडधुप बढी भएकाले उनलाई ज्वरोसंगै खोकी लागेको थियो । त्रिविका चिकित्सक डा सन्तकुमार दास, डा निरज बम र डा सविन थपलियाको टोलीले उनको स्वास्थ्योपचार गरेको थियो । चिकित्सकले नेता नेपाललाई एक हप्तासम्म आराम गर्न सुझाव दिएका छन् ।

कित्सकको सुझावअनुसार एक हप्तासम्म भेटघाटका कार्यक्रम बन्द गरिएको गौतमले बताए ।

प्रकाशित : चैत्र २७, २०७५ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?