कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पछार्ने होइन, पाल्ने

राजेन्द्र मानन्धर

दोलखा — केही मानिस रिस पोख्दा ‘पाहाझैं पछारिदिन्छु’ भन्ने गर्छन् । अब पाहा पछार्ने हैन, पाल्न थालिएको छ । दोलखाको मेलुङ ५ का वडाध्यक्षसमेत रहेका मानबहादुर मगरले पाहा पोखरीमा पाल्न सुरु गरेका हुन् । 

पछार्ने होइन, पाल्ने

घरअगाडि आफूले बनाएको पोखरीमा ९० वटा पाहा जम्मा गरिसकेको उनले बताए । पाहा खोला र पोखरीमा प्राकृतिक रूपमा हुर्कन्छ । पालन सुरु गरेपछि उनले खोजेर ल्याउनेलाई प्रतिगोटा डेढ सय रुपैयाँ दिने गरेका छन् ।


‘खोला किनारबाट खोजेर ल्याउनेलाई पैसा दिन्छु,’ उनले भने, ‘म पनि फुर्सदका बेला अरूसँगै खोज्न हिँड्छु ।’ मेघ गर्जन र पानी पर्न सुरु भएपछि पाहा किनारतिर आउँछन् । त्यही मौकामा समात्ने गरेको उनले बताए । गाउँघरतिर औषधिका रूपमा लिने र कतिपयले मासुसमेत खाने भएकाले राम्रो आम्दानी हुने ठानेर उनले पाहा पाल्न थालेका हुन् । यसका लागि यो वर्ष ७ लाखसम्म खर्च गर्ने योजना उनको छ ।


पाहा १२ प्रजातिको हुने विज्ञहरूले बताएका छन् । सरीसृप विज्ञ प्राध्यापक करणबहादुर शाहले पाहा पालन गर्न आवश्यक वातावरण मिलाउनुपर्ने बताए । ‘पाहालाई कस्तो वातावरण चाहिन्छ, अनुसन्धान गर्न आवश्यक छ,’ उनले भने, ‘पाहा व्यावसायिक रूपमा पाल्न खोज्नु राम्रो हो । यसको मासु मीठो त हुन्छ नै, ३० प्रकारको औषधिमा प्रयोग भएको पनि अनुसन्धानले देखाएको छ ।’

प्रकाशित : चैत्र २८, २०७५ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?