२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नेपालमा 'पब्जी' खेल प्रतिबन्ध 

विजय तिमल्सिना

काठमाडौँ — सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल प्रहरीको केन्दि्रय प्रहरी व्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्राधिकरणले बिहीबारै इन्टरनेट सेवा प्रदायकहरुलाई खेल बन्द गर्न निर्देशन दिएको छ ।

नेपालमा 'पब्जी' खेल प्रतिबन्ध 

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीबाट आएको अनुरोधको आधारमा उक्त खेलमा प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको जानकारी दिए । सरकारको निर्देशन अनुसार सेवा प्रदायकहरुले आआफ्नो नेटवर्कमा पब्जी डाउनलोड गर्न र खेल्न नमिल्ने गरी बन्द गर्नेछन् ।


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा प्राधिकरणले यसअघि पोर्न साइटमा पनि प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशनका कारण अहिले नेपालमा पोर्न साइटहरु प्रतिबन्धित छन् ।

केन्दि्रय प्रहरी अनुसन्धान व्यूरोले पब्जी खेलमा प्रतिबन्ध लगाउन काठमाडौं जिल्ला अदालतसमक्ष स्वीकृतिको लागि माग गरेको थियो ।

अदालतले मनोचिकित्कससँग परामर्श लिई खेल बन्द गर्न बुधबार स्वीकृति दिएको हो । सोही अदालतको स्वीकृति अनुसार व्यूरोले प्राधिकरणलाई खेल प्रतिबन्ध लगाउने गरी सेवा प्रदायकलाई निर्देशन दिन पत्र लेखेको थियो ।

यो पनि पढ्नुहोस्ः

‘पब्जी’ ले बढाउँदै मानसिक समस्या

प्रकाशित : चैत्र २८, २०७५ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?