१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यसरी झिकियो मलद्वारमा लुकाइएको तीन किलो ३ सय ग्राम सुन

जनकराज सापकाेटा

काठमाडौँ — चीनको कुनमिङबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजबाट आएका तीन चिनियाँ यात्रु भन्सार अधिकारीको शंकाको घेरामा परे । बिहीबार ५ बजेतिरको कुरा हो, भन्सार अधिकारीले मेटल डिटेक्टरले जाँच्दा उनीहरुले केही लुकाइरहेको संकेत मिल्यो ।

यसरी झिकियो मलद्वारमा लुकाइएको तीन किलो ३ सय ग्राम सुन

सुरुमा त भन्सार अधिकारीहरु अलमल परे, छामछुम पार्दा केही भेटिँदैनथ्यो, तर मेटल डिटेक्टरले केही भएको संकेत गरिरहेको थियो । त्यसपछि सुरु भयो, होलबडी स्क्यानिङको काम ।

थप शंका भएपछि भन्सार अधिकारीहरुले प्रहरीको सहयोगमा तीनै चिनियाँलाई विमानस्थल नजिकै सिनामंगलमा रहेको केएसी अस्पतालमा पुर्‍याए । चिकित्सकहरुले एक्स-रे गरेपछि पुष्टि भयो, उनीहरुको मलद्वारमा विस्कुट आकारको धातु देखिन्छ । त्यसपछि चिकित्सकले उनीहरुलाई दिसा लाग्ने औषधि खुवाए । प्रहरीको रोहवरमा उनीहरुलाई वाटा आकारको प्लास्टिकको भाडामा दिसा गर्न लगाइएको थियो । दिसामा पहेंलो धातु खसेपछि र त्यसलाई पखालेपछि पुष्टि भयो, उनीहरुले मलद्वारमा सुन लुकाएर ल्याएका थिए ।

विमानस्थल भन्सार प्रमुख गजेन्द्र ठाकुरका अनुसार तीन मध्ये दुईबाट एक/एक किलो र अर्को एकबाट एक किलो तीन सय विस्कुट आकारको सुन बरामद गरिएको थियो । उनले भने, 'सुन तस्करी गर्ने तरिका देखेर हामी पनि छक्कै पर्‍यौं ।'


प्रकाशित : चैत्र २८, २०७५ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?