कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

गुल्मीमा बन्दै गरेको पक्की पुल भाँचियो, ५ घाइते 

माधव अर्याल

पाल्पा — गुल्मीको मुसीकोट नगरपालिकाअन्तर्गत बडिघाट खोलामा निर्माणाधीन पक्की पुल भाँचिदा ५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका-३ र ७ को सिमानाअन्तर्गत बडिघाट खोालको झेदीमा निर्माणाधीन पुल आइतबार अपराह्न ४ बजेतिर भाँचिएको हो ।

गुल्मीमा बन्दै गरेको पक्की पुल भाँचियो, ५ घाइते 

पुल भाँचिदा निर्माण व्यवसायी चितवनका ऋषिराज इटानी, मुसीकोट नगरपालिका निवासी रामबहादुर राना, रुद्र बहादुर कार्की, गणेश राना र तुलबहादुर राना रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि बागलुङको हटिया लगिएको छ । घाइतेमध्ये निर्माण व्यवसायी इटानीको अवस्था गम्भीर छ ।

५८ मिटर लामो पक्की पुल ढलान गर्ने क्रममा अचानक बेस भाँचिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र बहादुर खड्काले जानकारी दिए । यो पक्की पुल तीन वर्षअघि ५ करोड १७ लाख लागतमा निर्माण सुरु भएको हो ।


दुई पिल्लरसहितको पुल ढलान गर्दा अचानक ढलेको स्थानीयले बताएका छन् । पुल निर्माण गर्ने जिम्मा वाइपी जनबुद्ध निर्माण सेवा काठमाडौंले पाएको हो । पुल समयमै निर्माण सम्पन्न हुन नसक्दा पुनः म्याद थपेर काम गरिँदै थियो ।


प्रकाशित : वैशाख १, २०७६ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?