कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

थिमिमा मनाइयो ३२ खटसहितको सिन्दुर जात्रा

लीला श्रेष्ठ

भक्तपुर — मध्यपुर थिमि नगरमा मनाइने प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथः सिया जात्रा सोमबार मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।

थिमिमा मनाइयो ३२ खटसहितको सिन्दुर जात्रा

केही वर्षअघि सम्म ३२ खट नगरपरिक्रमा गराउने भने पनि यसवर्ष १९ वटामात्र रहेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।


बोडेको ७, निलबाराही, नगदेश, हिनचोकको १/१ बाहेक १९ खट नगर परिक्रमा गराइने र मोहन विनायकको खट जात्रा लोप भएको जनाएको छ । बोडे, नगदेश, हिनचोकलगायत स्थानमा छुट्टा, छुट्टै खट निकालिने गरिन्छ ।


सिन्दुर जात्रामा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ ।


जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै बाजागाजा सहित सिन्दुर जात्रा मनाइएको छ ।


मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर दलेर नगरपरिक्रमा गर्ने परम्परा छ ।


परम्परा अनुसार नै देवता लाय्कू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेश द्धारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ ।


सोमबार दिउँसो मध्यपुर थिमि बोडेस्थित जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

तस्बिरहरु : लीला श्रेष्ठ


प्रकाशित : वैशाख २, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?