प्रतिपक्षी कांग्रेसको दृष्टिकोणमा सरकारको ०७५ साल : असफल वर्ष 

कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सकारको एक वर्षको कार्यकाललाई असफल वर्षको रुपमा चित्रण गरेको छ । कांग्रेसले सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सरकारको ०७५ सालको कार्यकाल सुशासन, शान्तिसुरक्षा र विकासका दृष्टिले असफल वर्षको रुपमा रहेको जनाएको हो । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकार असफल भएका सात वटा मुद्दा समेत प्रस्तुत गरिएका छन्। कांग्रेसले संघीयता कार्यान्वयन, संवैधानिक परिषद् र न्यायपालिका, भ्रष्टाचारमा शून्य सहनशीलताको घोषणा, शान्तिसुरक्षा, अन्तर्राष्ट्रिय छवि, समृद्धि र प्रधानमन्त्रीको अभिव्यक्तिमा शून्य प्रगति भएको कांग्रेसले ठहर गरेको छ।

Citizen

‘०७५ सालको प्रारम्भ सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभए झैं साच्चै केही नविन आशाका साथ भएको थियो,’ कांग्रेसले भनेको छ,‘तर विदाइ भने आशालाई विश्वासमा बदलेर हुन सकेन।’

गम्भीर राजनीतिक चुनौती नभएको, केन्द्र र प्रदेशमा आफ्नै पार्टीको बहुमत प्राप्त सरकार रहेको अवस्थामा ओली नेतृत्वको दुई तिहाईको सरकारले छोटो समयमै प्रशस्त कार्य गर्नेछ भन्ने आम विश्वास रहेको कांग्रेसले उल्लेख गरेको छ।

कांग्रेसले संघीयता कार्यान्वयनको सवालमा अधिकार बाँडफाँड, राज्यका तहगत संरचनाहरुको निर्माण र हस्तान्तरण, कर्मचारी समायोजन र उचित बजेट प्रबन्ध गर्न नसकेको बताएको छ।

‘सबै प्रदेशहरुले नामकरण र राजधानीको टुंगो समेत लगाउन सकेका छैन,’ कांग्रेसले भनेको छ, ‘गएको वर्ष शक्तिको अधिकतम विन्यासको संघीयताको सिद्धान्त विपरित एकातर्फ प्रधानमन्त्री कार्यालयमा राज्यका महत्वपूर्ण अंगहरुलाई केन्द्रकृत गरियो भने संविधानले राष्ट्रिय सुरक्षा परिषदलाई प्रत्याभूत गरेको सेना परिचालन सिफारिसको अधिकार हनन् गर्ने विधेयक ल्याएर परिषद्लाई प्रधानमन्त्रीको लाचार छायाँ बनाउने दुस्प्रयाससम्म भयो , यस दृष्टिले शक्ति विकेन्द्रकरण र संघीयताको सफल कार्यान्वयनका सन्दर्भमा वर्ष ०७५ असफल हुन पुग्यो।’

कांग्रेसले संवैधानिक परिषद् र न्यायपालिकालाई कार्यपालिकाको लाचार छायाँ बनाउने प्रत्यन गरेको, सरकारको अपरिपक्व र अदूरदर्शी शैलीका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको छविमा ह्रास आएको, बालिका निर्मला पन्तलगायतका घटनाका दोषीलाई पक्राउ गर्न नसकेको जनाएको छ।

प्रकाशित : वैशाख २, २०७६ १८:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

एउटा अण्डामा किसानलाई ४ रुपैयाँ घाटा

रमेशकुमार पौडेल

चितवन — नेपाल अण्डा उत्पादक संघले किसानले उत्पादन गर्दा लाग्ने खर्चभन्दा पन किम मूल्यमा उपभोक्तालाई अण्डा बेच्ने निर्णय गरेको छ । संघको केन्द्रीय समितिले सोमबार अण्डाको उपभोक्ता मूल्य प्रति गोटा १० रुपैयाँ तोकेको छ ।

संघले किसानले पाउने अण्डाको मूल्य प्रति गोटा ६ रुपैयाँ ६६ पैसा तय गरेको छ। संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार एउटा अण्डा उत्पादन गर्न अहिले साढे १० रुपैयाँ खर्च हुन्छ।

'हेटौंडा र त्यसपछि काठमाडौंमा बर्ड फ्लु आयो भनेपछि अहिले बजारमा अण्डाको खपत ह्वात्तै घटेको छ। अण्डा विक्री नै नहुने समस्या देखिएपछि मूल्य घटाउनुपर्ने अवस्था आएको हो' अध्यक्ष कँडेलले भने। दानाको मूल्य आकासिएको समयमा अण्डाको मूल्य घट्दा धेरै किसानलाई मर्का पर्ने अवस्था छ। राम्रोसँग बजार अनुगमन नहुने भएका कारण संघले तोकेको उपभोक्ता मूल्यभन्दा बढी मूल्य तिर्नुपर्ने सम्भावना पनि छ।

पहिले ३९ रुपैयाँ किलोमा पाउने दानाको मूल्य बढेर अहिले ५४ रुपैयाँ भएको अध्यक्ष कँडेलले बताए। 'यस्तो बेलामा अण्डा नै कम विक्री भएपछ रि बेचे पन किम मूल्य पाएपछ धेरै कसिानहरुको अवस्था दर्दनाक हुने खतरा छ' अध्यक्ष कँडेलले भने।

किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्य तोकिए अनुसारकै कायम गर्न तय भएको मूल्यका विषयमा प्रचार प्रसार गर्ने र अनुगमनका लाग प्रशासनलाई अनुरोध गरेको उनले बताए।

देशभर अण्डा उत्पादन गर्ने सात हजार बढी किसानहरु रहेको उनले बताए। दिनमा एक करोड ९२ लाख गोटा अण्डा उत्पादन भइरहेको उनले जानकारी दिए। 'बर्ड फ्लुले खपतमा असर गरेको हुँदा निर्धक्क मासु अण्डा खाने वातावरण बनाउन राज्यले सहयोगी भूमिका खेलोस् भन्ने हाम्रो माग छ। हामीले प्रति गोटा तीन रुपैयाँ ८४ पैसा नोक्सान खाएरै अण्डा बेच्न तयार भएका छौँ' अध्यक्ष कँडेलले भने।

यसअघि उपभोक्ताले एउटा अण्डाको १३ रुपैयाँ तिर्नुपर्ने भनेर संघले निर्णय गरेको थियो। उपभोक्ताले अहिलेसम्म बढीमा १५ रुपैयाँ गोटासम्म अण्डा खरिद गरेका छन्। किसानले कुनै बेला बढीमा साढे १० रुपैयाँ गोटामा अण्डा बेच्न सकेको अध्यक्ष कँडेलले बताए। 'झनपछि राम्रो मूल्य आउला भनेको लागत बढ्दै जाँदा बेच्ने मूल्य भने घट्दै गएको छ। यसले किसानका साथै नेपालकै कुखुरा पालन क्षेत्रमा गम्भीर असर पार्छ' कँडेलले भने।

प्रकाशित : वैशाख २, २०७६ १७:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT