कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

लेखा अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत र शिक्षिकाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँगै दुवै जना सेवाबाट निलम्बित भएका छन् ।

लेखा अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौंको चन्द्रागिरि नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईले सडक मर्मतको रकम भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


प्राथमिक विद्यालय तहको अध्यापन अनुमतिपत्र नक्कली रहेको पुष्टि भएकाले धनुषाको जनता उच्च माध्यमिक विद्यालय, गिद्दा–बेलापट्टीकी शिक्षिका शर्मिलाकुमारी मण्डलविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : वैशाख २, २०७६ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?