कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

न्यायाधीश सिफारिस विरुद्ध पाँच उजुरी

काठमाडौँ — सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका ५ जनाविरुद्ध संघीय संसदको सुनुवाइ समितिमा पाँचवटा उजुरी परेका छन् ।

न्यायाधीशमा सिफारिस प्रकाश ढुंगानाविरुद्ध दुई र हरि फुयालविरुद्ध एउटा उजुरी परेको छ । न्यायाधीश नियुक्ति प्रक्रियामाथि नै प्रश्न उठाउँदै थप दुई उजुरी परेका छन् ।


चैत १८ मा बसेको न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीश नियुक्त गर्न हरि फुयाल, कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ ।


समितिले पाँचै जनाविरुद्ध चैत २१ मा सार्वजनिक सूचना जारी गरी उजुरी आहवान गरेको थियो । उजुरीमाथि सुनुवाइ समितिको मंगलबार बस्ने बैठकमा छलफल हुनेछ ।


बैठकमा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाविरुद्ध परेको उजुरीमाथि समेत छलफल हुने भएको छ । थपलियाविरुद्ध समितिमा ६ वटा उजुरी परेका छन् । समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध भने उजुरी परेको छैन ।

प्रकाशित : वैशाख २, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?