कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विमर्श मञ्च 'सगरमाथा डायलग' गठन गरिँदै

काठमाडौँ — नेपालले समसामयिक अन्तर्राष्ट्रिय मुद्दामा विचार-विमर्श गर्न सगरमाथा डाइलग स्थायी मञ्च गठन गर्ने भएको छ । मन्त्रीपरिषद्को सोमबारको बैठकले गरेको निर्णयमा 'सगरमाथा डाइलग'को यसै वर्षभित्र हुने पहिलो बैठकमा जलवायु परिवर्तनसम्बन्धि विषयलाई बहसमा ल्याइने भएको छ ।

विमर्श मञ्च 'सगरमाथा डायलग' गठन गरिँदै

परराष्ट्र स्रोतका अनुसार, 'समसामयिक र हाम्रो मुलुकलाई रुचि रहने, बहसका कारण फाइदा पुग्ने तथा अन्र्तराष्ट्रिय मन्चमा योगदान पुग्ने' विषयहरु सगरमाथा डाइलगमा केन्द्रित हुनेछन् ।


यो संवादको मञ्चमा शान्ति प्रकृया, महिला सशक्तिकरण, अति कम विकसित मुलुकका सरोकार, पहाडी मुलुकका मुद्दाहरु उठाउन सकिनेछ । 'हाम्रा सरोकारका मुद्दा र अन्तर्राष्ट्रिय सरोकार रहने विषयवस्तुमा यो मञ्चमा बहस हुनेछ,' स्रोतले भन्यो । यस्तो मञ्चका रुपमा भारतमा रायसिना डायलग प्रचलित छ ।


परराष्ट्र अधिकारीका अनुसार, कुटनीतिक वृत्तका आन्तरिक मामला वा राष्ट्रिय सरोकारका कुटनीतिक साझा मुद्दाहरुलाई बहसमा ल्याउन 'नेशनल डाइलग अन फरेन पोलिसी' पनि गठनको प्रक्रियामा छ ।

प्रकाशित : वैशाख ३, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?