कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भेरी-बबईको सुरुङ ‘ब्रेक थ्रु’

कलेन्द्र सेजुवाल

चिप्ले, सुर्खेत — प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार दिउँसो भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको घोषणा गरेका छन् । भेरीगंगा नगरपालिकाको चिप्लेमा आयोजित समारोहमा उनले रिमोटबाट ब्रेक थ्रु गरेका हुन् ।

भेरी-बबईको सुरुङ ‘ब्रेक थ्रु’

दिउँसो करिब ११ः५० बजे रिमोटको स्विच अन गरेपछि टनेल बोरिङ मेसिन (टीबीएम) निस्किन करिब २० मिनेट लागेको थियो । प्रधानमन्त्री ओलीले नेपालमै पहिलोपटक टीबीएमबाट भएको सुरुङमार्गले भेरी बबईलाई नमुना आयोजनाको रूपमा अघि बढाउने बताए ।


कार्यक्रममा अमेरिकी तथा चिनियाँ राजदूतका साथै कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका मुख्यमन्त्री पनि सहभागी थिए । चिनियाँ निर्माण कम्पनी कोभेकले १२ हजार २ सय मिटर लामो सुरुङमार्ग निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न गरेको हो ।


भेरीको पानी बबईमा मिसाएर बाँके तथा बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने र ४६ दशमलव ८ मेगावाट विद्युत् निकाल्ने आयोजनाको लक्ष्य रहेको छ ।

प्रकाशित : वैशाख ३, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?