कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रधानमन्त्री भन्छन्, ‘जागिर पाइन भन्दै भौंतारिनु पर्दैन’

मधु शाही

बाँके — प्रधानमन्त्री केपी ओलीले अब जागिर पाइन भनेर भौँतारिनु नपर्ने बताएका छन् । उनले युवाहरू आफैले नविन सिर्जना गरेर आत्मनिर्भर बन्नु पर्ने सुनाए । नेपालगन्जमा मङ्गलबार नेपालकै पहिलो ५ तारे हरित सोल्टी होटेल उद्घाटन गर्ने क्रममा उनले यसो भनेका हुन् ।

प्रधानमन्त्री भन्छन्, ‘जागिर पाइन भन्दै भौंतारिनु पर्दैन’

भेरी बबई डाइभर्सन ब्रेक थ्रु कार्यक्रममा सहभागी भएपछि उनी नेपालगन्ज फर्किए । ‘जागिर पाइन भनेर भौँतारिनु पर्दैन’, उनले भने, ‘आफै नविन काम थालेर आत्मनिर्भर बन्न सकिन्छ ।’


उनले खानपान, योग र आराम यी तीन पक्ष अपनाउँदा स्वास्थ्य बन्न सकिने सुझाव समेत दिए । होटेल स्वास्थ्य र वातावरणीय अनुकूल हुनुपर्ने विषयमा बोल्दै प्रधानमन्त्रीले स्थानीय कृषकसँग सहकार्य गरेर स्वास्थ्य खाद्य उत्पादनमा होटेल व्यवसायीले जोड दिनुपर्ने बताए । ‘अर्गानिक खाना खुवाउन कृषकसँगै सहकार्य गर्नुपर्छ’, उनले भने, ‘विषमुक्त खाद्य उत्पादनमा जोड दिन जरुरी छ ।’


‘नेपाल जस्तो प्रकृति भएको थोरै देश छन् । जहाँ, हिमाल, ताल, भिर, तराई, पहाड सबै छन् । सुन चालेर जीविकोपार्जन गर्ने नागरिक यही छन् । ’ प्रधानमन्त्री ओलीले भने,‘हरेक चिज हुँदा हुँदै पनि हामी किन गरिब छौँ ? विकास सरकार र निजी क्षेत्र दुवै पक्षबाट हुनु पर्छ ।’


उनले सुखी नेपाली समृद्धि नेपालको परिकल्पना पुरा हुन सबैको उत्तिकै दायित्व हुने बताए । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगन्जमा मानसरोवर र औद्योगिक क्षेत्रको प्रशस्त सम्भावना रहेको सुनाए । साथै औद्योगिक क्षेत्र बढाउन, मानसरोवर पार्क बनाउन र आधुनिक कृषिमा टेवा पुर्‍याउने खालका प्रदेश सरकारले विशेष योजना ल्याउने सुनाए ।

प्रकाशित : वैशाख ३, २०७६ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?