कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

'टीकापुरमा मेलमिलाप बढ्दै'

गणेश चौधरी

टीकापुर — नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले टीकापुरमा आपसी मेलमलिाप बढदै गएको पाएको बताएका छन् । मंगलबार टीकापुरमा बीपी स्मृति भवनको उद्‌घाटनका लागि आएका उनले बुधबार बिहान भएको पत्रकार सम्मेलनमा टीकापुरमा मेलमिलाप बढ्दै गएको बताएका हुन् । उनले भने, 'मेलमिलापको अवस्था सुधार्न सबैको सहयोग आवश्यक छ ।'

'टीकापुरमा मेलमिलाप बढ्दै'

पार्टी भित्रको आन्तरिक गुटबन्दीको आगामी पार्टी अधिवेशनले अन्त्य गर्ने पनि उनले बताए । पार्टी र भातृ संगठन अस्तव्यस्त बनेको प्रति सञ्चारकर्मीले सोधेको प्रश्नमा त्यस्तो अवस्था नभएको र यसमा चाडै सुधार हुने उनले दाबी गरे ।


प्रेस युनियन लम्की टीकापुर शाखाले बुधबार टीकापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले पार्टी अधिवेशनको मुखमा आफूविरुद्ध गुटबन्दीको गलत प्रचारबाजी भइरहेको बताए । उनले भने, 'अधिवेशनको मुखमा नराम्रो भन्ने नै भए ।'


प्रतिपक्षको भूमिका आगो लगाउने, रेलिङ भाच्ने मात्रै नभएकाले आफनो पार्टीले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको देउवाले दाबी गरे । उनले भने, 'वर्तमान सरकारलाई काग्रेसले चुनावबाटै प्रतिस्थापन गर्छ ।'

प्रकाशित : वैशाख ४, २०७६ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?