कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा नेपालको जडीबुटी निकासीमा रोक  

मधु शाही

बाँके — भारतले नयाँ क्वारेन्टाइन सम्बन्धी नीति लागु गरेपछि नेपालका जडीबुटी निर्यातमा समस्या देखिएको छ । वैज्ञानिक नाम राखिएका जडीबुटीको नेपालसँग मिल्दोजुल्दो नभएपछि भारतले खरिदमा रोक लगाएको हो ।

भारतमा नेपालको जडीबुटी निकासीमा रोक  

एक महिना यता कुनै पनि जडीबुटी नेपालगञ्जबाट भारत निर्यात नभएको व्यवसायीले बताए ।

भारतको बोटविरुवा र तिनका अंशको आयातलाई व्यवस्थीत गर्न विरुवा क्वारेन्टाइन सम्बन्धी आदेश २००३ जारी गरेको थियो । उक्त आदेशको अनुसूचि–७ मा सूचिकृत जडीबुटीहरु मात्रै भारतले स्वीकार गर्छ । नीति लागु भएको ६ महिनासम्म भारत सरकारले नाम सूचिकृत गर्न नेपाललाई समय दिएको थियो ।


समयमै सुनुवाई नभएपछि अहिले भारतमा नेपालका सबै जडीबुटी निकासीमा रोक लगाइएको छ । गत मंसिरदेखि पषाणवेद, कुरिलो (सतावर), आमला, पदमचाल, चिराइतो, अमलवेद, अतिष, कालादाना र सिकाकाई लगायतका जडीबुटीको निकासामा रोक लगाइएको हो । नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष एवं प्रदेश नम्बर–५ का सभासद याकुव अन्सारीले भारतमा जडीबुटी निकासा नभएपछि व्यवसायी र किसान मर्कामा परेको बताए ।


‘सरकारका सम्बन्धीत निकायलाई अनुरोध गर्दा आश्वासन मात्रै पायौं समाधान छैन,’ उनले भने, ‘भारत सरकारले अनुसुचिमा नाम समावेश गर्न ६ महिना समय दिएको थियो । तर, हामीले केहि पहल गरेनौं । अहिले सबै जडीबुटी निकासीमा रोक लागेको छ ।’


प्रकाशित : वैशाख ४, २०७६ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?