१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

निगमको जहाजमा फेरि चरा ठोक्कियो 

काठमाडौँ — मलेसियाको राजधानी क्लालामपुरबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा बिहीबार बिहान चरा ठोक्किएको छ ।

निगमको जहाजमा फेरि चरा ठोक्कियो 

स्रोतका अनुसार, निगमको उडान नम्बर आरए४१६ अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला पछाडिको ल्याण्डिङ गियर (पाङग्रा) मा चरा ठोक्किएको थियो । 'ठूलो क्षति हुनबाट जोगियो' स्रोतले भन्यो, 'उडानमा रहेका बेला इन्जिनमा चरा ठोक्किएको भए करोडौं नोक्सानी हुने थियो ।'


चरा ठोक्किएको विमान निगमको न्यारोबडी विमान हो । नेपाली नाम सगरमाथा रहेको यसको कलसाइन किलो व्हिस्की हो । निगमका प्राविधिकहरुले बिहीबार बिहानै जाँच गरी जहाज ग्राउन्डेड गर्न नपर्ने जनाएका छन् ।


यो जहाज निगमले ०७१ माघमा एयरबससँग खरिद गरेर ल्याएको पहिलो ब्रान्डन्यू एयरबस हो । यसअघि भदौंमा पनि क्लालामपुरबाट १ सय ५८ यात्रु बोकेर काठमाडौंमा अवतरण गर्दैगर्दा यसको बायाँ पखेटाको एयरफ्रेममा चरा ठोक्किँदा ग्राउन्डेड भएको थियो ।

प्रकाशित : वैशाख ५, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?