पाँच न्यायाधीश सुनुवाइ समितिबाट अनुमोदित
काठमाडौँ — संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशहरुलाई अनुमोदन गरेको छ । समितिले बिहीबार पाँचै जनाको सुनुवाइ गरेको थियो ।
सिफारिसअनुसार न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोजकुमार शर्मा न्यायाधीश हुन योग्य रहेको भन्दै सुनुवाइ समितिले अनुमोदन गरेको हो । शर्माको विषयमा परेको योग्यतासम्बन्धी उजुरी परेको थियो । तर, बिहीबारले शर्माले आफू १८ वर्षदेखि निरन्तर रुपमा सेवामा रहेको जवाफ दिएपछि समितिले अनुमोदन गर्यो ।
यी मध्ये रेग्मी र फुयाल प्रधानन्यायाधीशको रोलक्रममा छन् ।