कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रतिबन्धित नेकपा महासचिव चन्द भन्छन्, 'फेरि नयाँ संघर्ष जरुरी भइसक्यो'

काठमाडौँ — प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन फेरि नयाँ संघर्ष जरुरी भइसकेको बताएका छन् । 

प्रतिबन्धित नेकपा महासचिव चन्द भन्छन्, 'फेरि नयाँ संघर्ष जरुरी भइसक्यो'

आफ्ना नेता, कार्यकर्ता पक्राउको विरोधमा बिहीबार आयोजना गरेको बन्दबारे विज्ञप्ति निकालेर चन्दले सरकारका कारण देश र जनता असाध्यै जोखिममा पर्दै गएकोले नयाँ संर्घषमा एक भएर लाग्नुपर्नेमा जोड दिए । 'देशको अवस्था दिनानुदिन बिग्रिँदै गएको छ । यो सरकारले जनघात र राष्ट्रघातलाइृ झनै बढाएर गएको छ' विज्ञप्तिमा भनिएको छ, 'जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन एकपटक फेरि नयाँ संघर्षमा एक भएर लाग्न जरुरी भइसकेको छ ।'


मुलुकको रक्षाका लागि आफू नेतृत्वको नेकपाले निरन्तर आन्दोलन गरिरहेको उल्लेख गर्दै महासचिव चन्दले आन्दोलनका लागि आग्रह गरेका छन् । उनले विज्ञप्तिमार्फत बिहीबारको बन्द सफल भएको दाबी गरेका छन् ।


नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिटब्युरो सदस्य मोहन कार्की, बसन्त श्रेष्ठ, महिला संगठनकी अध्यक्ष बन्धु चन्दलगायत प्रहरी नियन्त्रणमा छन् ।


पढ्नुहोस् विज्ञप्तिको पूर्णपाठ


प्रकाशित : वैशाख ५, २०७६ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?