१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चन्द समूहका नेता भुजेललाई रिहा गर्न सर्वोच्चको आदेश  

जनकराज सापकाेटा

काठमाडौँ — सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता सूर्य भुजेललाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको हो । भूजेललाई महानगरीय अपराध महाशाखाले ललितपुरको नख्खुस्थित एनसेल टावर लक्षित बम विस्फोट गराएको आरोपमा घटनाको तीन दिनपछि कलंकीबाट पक्राउ गरेको थियो ।

चन्द समूहका नेता भुजेललाई रिहा गर्न सर्वोच्चको आदेश  

महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध, विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा लगाएको थियो ।


भुजेलले नेकपाको उपत्यका कमाण्ड सम्हालिरहेका थिए । महाशाखाका अनुसार उनी नेपाली सेनाका भगौडा हुन् ।


यो पनि

एनसेल टावरमा विस्फोट र आगजनी : सुरक्षा चुनौती


प्रकाशित : वैशाख ६, २०७६ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?