कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुटवलमा जितगढी उत्सव मनाइँदै, मूल समारोहमा प्रधानमन्त्री आउँदै

अमृता अनमोल

बुटवल — नेपाल कब्जा गर्न आएको अंग्रेज फौजलाई हराएको सम्झनामा आज बुटवलमा विजय उत्सव मनाइँदै छ । नेपाल स्वाधीन रहेको इतिहास विश्वभर फैलाउन भन्दै बुटवल उपमहानगरपालिकाले गतवर्षदेखि उत्सव मनाउन थालेको हो ।

बुटवलमा जितगढी उत्सव मनाइँदै, मूल समारोहमा प्रधानमन्त्री आउँदै

बिहान ८ बजेदेखि विजय उत्सवको झल्को दिनेगरी बुटवलमा बृहत झाँकी निकालिएको छ । झाँकी बुटवल बजार परिक्रमा गरी जीतगढी किल्ला पुग्ने छ । र्‍यालीमा तत्कालीन समयमा प्रयोग भएका हतियार बोकेका प्रहरी तथा सेना समेत सहभागी छन् ।


जितगढीमा युद्धको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापालाई सलामी दिइने छ । मूल समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुटवल आउँदै छन् ।


विसं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी बनाएका थिए । त्यही फौजले १८७१ देखि सुरु भएको पटक पटकको आक्रमण सामना गरेर विसं. १८७२ वैैशाख ७ गते विजय गरेको थियो ।


अंग्रेज सेनालाई हराएपछि यो गढीको नाम जितगढी रहेको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढी लगायत नेपालका सात स्थानमा अंग्रेजविरुद्ध युद्ध भएको थियो । त्यसमध्ये नेपाली फौजको जित भएको जितगढी मात्रै हो ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?