५ तहको सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीलाई कालो झन्डा !

सम्बोधन रोकेर प्रधानमन्त्रीले भने- 'सुरक्षाकर्मी कता छ ?'
अमृता अनमोल

बुटवल — ५ तहको सुरक्षा घेरालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा देखाइएको छ । 
जितगढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कालो झन्डा देखाएका हुन् । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्रहरीले सुरक्षा दिएको थियो । कार्यक्रमका लागि १ सय बढी स्वयंसेवक खटिएका थिए । 

५ तहको सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीलाई कालो झन्डा !

यद्यपी सुरक्षा घेरा तोड्दै खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी कालो झण्डा देखाएका थिए । उनी 'उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ' भन्दै कार्यक्रम स्थल प्रवेश गरेर कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाउने अर्घाखाँचीका रुद्र घिमिरे भएको प्रहरील जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ । सुरुमा सुरक्षाको नजरमा नपरेका उनलाई प्रधानमन्त्रीले सम्बोधन रोकेर 'सुरक्षाकर्मी कता छ ' भनेपछि मात्रै समातेर लगिएको थियो ।

प्रकाशित : वैशाख ७, २०७६ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?