आलोचना गर्दैमा सरकार आफ्नो रफ्तारबाट पछाडि हट्दैन : प्रधानमन्त्री

अमृता अनमोल

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले देश अब विकासको बाटोमा अगाडि बढेको दाबी गर्दै विरोध र आलोचनाले असर नगर्ने बताएका छन् । बुटवलमा शनिकार जीतगढी विजय उत्सव समारोहमा उनले कसैले विरोध वा आलोचना गर्दैमा सरकार आफ्नो रफ्तारबाट पछाडि नहट्ने बताए । 

आलोचना गर्दैमा सरकार आफ्नो रफ्तारबाट पछाडि हट्दैन : प्रधानमन्त्री

उनले संविधानपछि संघीयताअनुसार बनेका ३ तहका सरकारले पहिलो वर्षमा आवश्यक कानुन निर्माण, कर्मचारी समायोजन र संरचना निर्माण गरेको उल्लेख गरे । बुटवल, देशको शान्ति सुरक्षा विकास र इतिहास संरक्षणमा मुख्य ध्यानकेन्द्रित गरेको बताए । नेपाल कब्जा गर्न आएका अंग्रेज फौजलाई हराएको जीतगढी किल्लाको चर्चा गर्दै उनले अब देशभरका गढी र किल्लाको संरक्षण र संवर्द्धन गर्ने बताए ।


रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विकासमा पक्ष-विपक्ष नहुने भन्दै इतिहासको खोजी र संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको बताए । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जीतगढीलाई सम्पदा सूचीका रुपमा अगाडि बढाएको बताए ।


नेकपाका महासचिव विष्णु पौडेलले जीतगढी सँगै युद्धका अन्य स्थान नुवाकोट, मणिमुकुन्दसेन पार्क लगायतलाई जोडेर विकास योजना बनाउने बताए ।

प्रकाशित : वैशाख ७, २०७६ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?