१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

शब्दकोषकार वसन्तकुमार रहेनन्

काठमाडौँ — 'नेपाली शब्दसागर' शब्दकोषका कोषकार एवं साहित्य साधक वसन्तकुमार शर्मा नेपालको ९१ वर्षको उमेरमा शनिबार निधन भएको छ । केही समययता छातीमा संक्रमण भएपछि घरैमा उपचार तथा आराम गरिरहेका नेपालको शनिबार निधन भएको हो । 

उनी नेपाली, हिन्दी, नेवारी र संस्कृत भाषाका जानकार थिए । इतिहासमा नेपाली भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्‌मा काम गरेका नेपालको लघुनाटक 'युगको वारिस' पहिलो कृतिका रुपमा २००८ सालमा प्रकाशित भएको थियो । नेपालले अंग्रेजी, नेपाली, संस्कृतका शब्दकोषमा नयाँ शब्द प्रविष्ट गराउनसहित अनुवाद साहित्यमा उल्लेख्य योगदान पुर्‍याएका छन् । 'भाषा-साहित्यको योगदानमा अनवरत योगदान पुर्‍याउने र सिर्जनशील बनिरहने एकजना उदाहरणीय स्रष्टाका रुपमा वसन्तकुमार चिनिनुभएको छ,' लेखक ध्रुवचन्द्र गौतमले भने, 'यसरी मन-वचन-कर्मले साहित्य साधनामा लागिरहने थोरै साधकमध्ये उहाँ पर्नुहुन्छ ।'


'नेपाली शब्दसागर'को परिमार्जित कोषमा १ लाख ४१ हजार मूल नेपाली शब्द समेटिएको छ । नेपालका कथा, निबन्ध, बालकथा, खण्डकाव्य, नाटक, कोष, अनुवाद गरी ५ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । नेपालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।

प्रकाशित : वैशाख ७, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?