३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दोलखाबाट तिर्थयात्री बोकेर मनकामना गइरहेको बस धादिङमा दुर्घटना, २ को मृत्यु, २४ घाइते

हरिहरसिंह राठौर

धादिङ — पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ—३ सलाङघाटस्थित सफल होटल नजिकै यात्रुबाक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दोलखाबाट तिर्थयात्री बोकेर मनकामना गइरहेको बस धादिङमा दुर्घटना, २ को मृत्यु, २४ घाइते

मृत्यु हुनेमा दोलाखा कालिन्चोक–७ निवासी वर्ष ७१ वर्षीय पार्वती बुढाथोकी र काल्चिोक माविमा १२ कक्षामा अध्ययनरत दोलखा सुनखानी निवासी करिव २८ वर्षीय हरिवंश केसी रहेको गजुरीस्थित प्रहरी निरिक्षक नवराज ढुंगेलले बताए ।


दोलखादेखि आइतबार बिहान तिर्थयात्री बोकेर गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने क्रममा सडकबाट खाल्डोमा खसेको गजुरी प्रहरीले जानकारी दिएको छ ।


दुर्घटनामा घाईतेहरु मध्य सामान्य घाइते १६ जनाको मलेखुस्थित सामुदायिक अस्पताल र गजुरीस्थित अस्पतालमा उपचार भैरहेको छ । यस्तै सख्त घाइते ८ जनाको थप उपचारार्थ राजधानी पठाइएका प्रहरीले जनाएको छ । उक्त बसमा ३० जना भन्दा बढी यात्रु रहेको प्रहरीले बताएको छ ।


प्रकाशित : वैशाख ८, २०७६ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?