संघीय संसद्‍को अधिवेशन वैशाख १६ गतेका लागि आह्वान

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‍को अधिवेशन यही वैशाख १६ गतेका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले अधिवेशन आह्वानसम्बन्धी पत्र आइतबार संसद् सचिवालयमा पठाएकी छन् ।

यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेस हुनेछ । अन्य अत्यावश्यक विधेयकहरु पनि अघि बढाउने सरकारको तयारी छ ।

प्रकाशित : वैशाख ८, २०७६ १५:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोलम्बोस्थित एक होटलमा पुन: विस्फोट, राजधानीमा अनिश्चितकालीन कर्फ्यू, सामाजिक सञ्जाल चलाउन रोक

रोयटर्स

श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुन: बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो ।

उक्त स्थानमा पनि केही हताहत भएको स्थानीय संचार माध्यमले जनाएको छ।

दिउँसो पुन: विस्फोट भएपछि राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ।

साथै सरकारले प्रमुख सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाएको छ।

यो पनि पढ्नुहोस् : कोलम्बोस्थित ३ चर्च र ३ होटलमा बिस्फोट, मृत्यु हुनेको संख्या १३८ पुग्यो, ४ सय बढी घाइते [अपडेट]

प्रकाशित : वैशाख ८, २०७६ १५:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT