१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

औषधि व्यवसायी संघमा पुनः श्रेष्ठ विजयी

काठमाडौँ — नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा पुनः मृगेन्द्रमेहर श्रेष्ठ विजयी भएका छन् । पोखरामा शनिबार भएको १३ औं राष्ट्रिय अधिवेशनबाट लोकहरि श्रेष्ठलाई हराउँदै श्रेष्ठ दोस्रो कार्यकालका निर्वाचित भएका हुन् । 

औषधि व्यवसायी संघमा पुनः श्रेष्ठ विजयी

वरिष्ठ उपाध्यक्षमा प्रकाशकुमार खण्डेलवाल, उपाध्यक्षहरुमा आयाततर्फ निरञ्जन रिसाल, थोकतर्फ सुनिल श्रेष्ठ र खुद्रातर्फ रामप्रसाद खरेल निर्वाचित भए । महासचिवमा रामचन्द्र शर्मा, कोषाध्यक्ष सम्राटमान जोशी, सचिव यामनाथ पौडेल, उपकोषाध्यक्षमा श्रीधर खनाल निर्वाचित भए ।


सदस्यहरुमा आयाततर्फ श्रृजनकुमार भट्टराई, थोकतर्फ गयाप्रसाद कुश्मी र परमानन्द रावत, खुद्रातर्फ टंकप्रसाद अधिकारी र ललितानन्द जोशी, महिला सदस्यमा शर्मिला शाक्य र खुला सदस्यहरुमा कृष्ण रोकाय, प्रकाशकुमार श्रेष्ठ, कविराज काडेल र मुकुन्दकृष्ण श्रेष्ठ निर्वाचित भए ।औषधि व्यवसायी महासंघ प्रादेशिक संरचनामा गएसँगै पहिलोपटक राष्ट्रिय अधिवेशन भएको हो ।


प्रकाशित : वैशाख ८, २०७६ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?