३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुन तस्करीमा संलग्न विदेशमा भएपनि समातिन्छन्  : प्रहरी महानिरीक्षक

जनकराज सापकोटा

काठमाडौँ — प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठित सुन तस्करीका फरार अभियुक्तहरुलाई देशबाहिरबाट पनि पक्राउ गरेर ल्याउने काम भइरहेको बताएका छन् । प्रहरी महानिरीक्षकको रुपमा एक वर्षे कार्यसमिक्षा सुनाउने क्रममा खनालले संगठित सुन तस्करी रोक्ने काममा कुनै कसुर बाँकी नराखीएको बताएका हुन् ।

सुन तस्करीमा संलग्न विदेशमा भएपनि समातिन्छन्  : प्रहरी महानिरीक्षक

प्रहरी प्रधान कार्यालयले २०७५ सालभरमिा ७८ केजी ८ सय ७६ ग्राम अवैध सुन बरामद गरेको पनि जनाएको छ । अवैध सुनबाट मात्रै प्रहरीले ४५ करोड ४ लाख ६० हजार ६५ रुपैया राजश्व असुली भएको र अवैध सुन ओसारपसारमा १ सय ३७ जना पक्राउ परेको जनाएको छ ।


प्रहरीको कार्यसमिक्षा सुनाउने क्रममा प्रवक्ता एसपी उत्तम सुवेदीले संगठित सुन तस्करीमा संग्लन भरिया र दोस्रो तहका मान्छे समातिएको बताएका थिए । संगठित सुन तस्करीका पहिलो तहका मान्छे किन नसमातिएका भन्ने पत्रकारको प्रश्नमा प्रहरी महानिरीक्षक खनालले विदेशमा बसेर सुन तस्करीमा संग्लन रहेकालाई पनि पक्राउ गर्ने प्रयास भएको बताए ।

उनले गोरे भनिने चुणामणी उप्रेती संग्लन भएर ल्याइएको ३३ किलो सुनको विषयमा भने उति खुलेर बोलेनन् । प्रहरी महानिरीक्षकले सरकारी समितिले यसमा काम थालेको र आफूहरुले समितिलाई सघाएको बताएपनि तस्करीको सुन हराएको विषयमा थप बोलेनन् ।


तथ्यांक :

अवैध सुन बरामद : ७८ केजी ८ सय ७६ ग्राम


राजश्व असुली : ४५ करोड ४ लाख ६० हजार ६५


सुन तस्करीमा संग्लन प्रतिवादी : १३७

प्रकाशित : वैशाख ९, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?