१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आठौं राष्ट्रिय खेलकुद : हावाहुरीले क्रिकेट मैदानमा क्षति

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला त्रिकेट प्रतियोगीता भैरहेको लमही क्रिकेट मैदानमा सोमबार बेलुका आएको हावाहुरीले क्षति पुर्‍याएको छ ।

आठौं राष्ट्रिय खेलकुद : हावाहुरीले क्रिकेट मैदानमा क्षति

सेमीफाइनल खेल सकिन बित्तिकै बेलुकापख हावाहुरी र पानी परेपछि खेलाडी, निर्णायक र दर्शकहरुको भागाभाग झएको थियो । क्रिकेट मैदानमा निर्णायक, खेलाडी र विशिष्ट व्यत्तीहरु बस्न तयार पारिएका टेण्टहरु हावाहुरीले उडाइदिएको छ ।


पानीले खेलमैदानको पीच बिग्रने देखिएको छ । आठौं राष्ट्रिय खेलकुद कै लागि भनेर भर्खरै निर्माण गरिएको पीच बिग्रिए मंगलबार हुने फाइनल खेल कसरी गर्ने भन्ने समस्या भएको छ ।




प्रकाशित : वैशाख ९, २०७६ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?