कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मोटरसाइकलमा आगलागी हुँदा दुई घाइते 

भक्तपुर — अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारस्थित ट्रक र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा आगलागी भएको छ । 

मोटरसाइकलमा आगलागी हुँदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार गुण्डुबाट सूर्यविनायक तर्फ आउँदै गरेको बा४प ५७३४ नम्बरको ट्रक र सल्लाघारीबाट सूर्यविनायक तर्फ आउँदै गरेको को२१प ३९५४ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा आगलागी भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।


प्रहरी निरिक्षक नवराज न्यौपानेका अनुसार घाइते हुनेमा मोटरसाइकल चालक रामेछाप उमाकुण्ड गाउँपालिकाका २३ वर्षीय राजु गुरागाईं र २६ वर्षीय कुशल गुरागाईं छन् । घाइते दुवैको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको उनले बताए ।


घाइते दुवैको अवस्था खतरामुक्त रहेको समेत उनले बताए । प्रहरीले ट्रक र ट्रक चालक दोलखा मेलुङ्ग घरभई सूर्यविनायक–५ कटुञ्जे बस्ने २५ वर्षीय रामकुमार भण्डारीलाई नियन्त्रणमा लिई कारबाही थालेको जनाएको छ ।


प्रकाशित : वैशाख ९, २०७६ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?