१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

निजी आवास पुनर्निर्माणको काम ८० प्रतिशत सकियो : प्राधिकरण

काठमाडौँ — राष्ट्रिय पुनर्निमाण प्राधिकरणले निजी आवास पुनर्निर्माणको काम ८० प्रतिशत सकिएको दाबी गरेको छ । भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका उपलब्धिबारे जानकारी दिन सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त जानकारी गराएका हुन् ।

निजी आवास पुनर्निर्माणको काम ८० प्रतिशत सकियो : प्राधिकरण

'निजी आवासको पुनर्निर्माणलाई सबैभन्दा केन्द्र विन्दुमा राखेर काम गर्‍यौ' ज्ञवालीले भने, 'निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धि हासिल गरेका छौं ।' उनका अनुसार तथ्यांकमा अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घर परिवारमध्ये ६ लाख १२ हजार ९३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा छन् ।


५० प्रतिशत अर्थात् ३ लाख ८२ लाख २७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरिसकेको भन्द्र उनले ३० प्रतिशत अर्थात् २,३०,६५८ परिवार घर पुनर्निर्माणका क्रममा रहेको उपलब्धि सुनाए ।


२०७२ वैशाख १२ गतेको भूकम्प र त्यस पछिका पराकम्पहरुले क्षति पुर्‍याएका निजी निवासलाई प्राथमिकता दिए पनि शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानीजस्ता संरचनाहरुको पुनर्निर्माण चलिरहेको उनले बताए । पुनर्निर्माणमा सबैभन्दा चुनौती वित्तीय व्यवस्थापन रहेको कार्यकारी प्रमुख ज्ञवालीले सुनाए ।



कार्यकारी प्रमुख ज्ञवालीले सार्वजनिक गरेका उपलब्धिहरु

  • अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घर परिवारमध्ये ६ लाख १२ हजार ९३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा
  • ५० प्रतिशत अर्थात् ३ लाख ८२ लाख २७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरिसकेको भन्द्र उनले ३० प्रतिशत अर्थात् २,३०,६५८ परिवार घर पुनर्निर्माणका क्रममा रहेको
  • जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएको
  • भूमिहीन, स्ववासी लगायतको समस्या पनि समाधान गर्दै
  • जनताबाट आएका अधिकांश गुनासो सम्बोधन गरेको र अन्तिम पटकको गुनासो सुन्ने क्रममा स्थानीय तहसागको समन्वयमा सर्वेक्षण भइरहेको
  • भूकम्पबाट ७,५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति हासिल गरेका छौं, जसमा ५९ प्रतिशत अर्थात ४,४७६ को पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १,७७२ विद्यालय पुनर्निर्माणको क्रममा छन् ।
  • स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धी हासिल गरेका छांै, जसमा ५४ प्रतिशत अर्थात ६४३ को पुनर्निर्माण सम्पन्न गरेका छौं भने १२ प्रतिशत अर्थात १४५ पुनर्निर्माणको क्रममा छन् ।
  • पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा हामीले ५९ प्रतिशत उपलब्धी हासिल गरेका छौं, जसमा २२४ वटा अर्थात ३० प्रतिशत पुननिर्माण सम्पन्न भएका छन् भने २२१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा छन्
  • रानीपाखेरी, धरहरा, काष्ठमण्डपलगायत काठमाडौं उपत्यका भित्रका सातवटै विश्व सम्पदा क्षेत्रका सम्पदाहरुको पुनर्निर्माण द्रुत गतिमा अघि बढाइएयो । गुम्बाहरु पुनर्निर्माणको लागि कार्यविधि तय गरी डिजाइन कार्य भइरहेको छ । केही समयपछि गुम्बाहरुको पनि पुनर्निर्माण सुरु गर्नेछौं ।
  • सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा ५६ प्रतिशत प्रगति भएको छ, जसमा ३८ प्रतिशत अर्थात १४५ को पुनर्निर्माण सम्पन्न भएको छ भने १८ प्रतिशत अर्थात ७१ वटा भवन पुनर्निर्माणको क्रममा छन् ।
  • सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत उपलब्धी गरेका छौं, जसमा ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३५ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । भूकम्पबाट क्षति भएका सडक, खानेपानी लगायतका संरचनाहरुको पनि पुनर्निर्माण गर्ने/गराउने कार्य भइरहेको छ ।

प्रकाशित : वैशाख १०, २०७६ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?