२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

७ केजी सुनसहित एक जना पक्राउ

रसुवा/काठमाडौँ — ७ केजी सुन सहित नेपाल नेपाल प्रहरीले मंगलबार एक जनालाई पक्रउ गरेको छ । पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाउँपालिका १ का ३० वर्षीय शेर ग्याल्बो घले रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले बताएको छ ।

विशेष सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रसुवाको टिमुरेबाट घलेलाई ७ केजी सुन सहित पक्राउ गरेको हो । रसुवाका डिएसपी सन्तोष तामाङ अनुसार स्या बोक्ने कन्


बा ६ ख ९०६८ नम्बरको स्याउ बोक्ने कन्टेनरको चालक बस्ने सीटमुनि फल्स बटम बनाएर लुकाइएको रसुवाका डिएसपी सन्तोष तामाङले बताए । उनका अनुसार पक्रउ परेका घले उक्त ट्रकका चालत तथा धनी दुवै हुन् । बरामद सुन १ किलोको विस्कुट आकारका ७ थान थिए । तामाङले थप अनुसन्धान कार्य जारी रहेको बताए ।

प्रकाशित : वैशाख १०, २०७६ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?