कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विस्फोटका आरोपी ६ जनालाई पुर्पक्ष थुनामा राख्न जिल्ला अदालतको आदेश 

काठमाडौँ — जिल्ला अदालत ललितपुरले नख्खुस्थित एनसेलको टावर विस्फोटका आरोपीहरुलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश अवनी मैनाली (भट्टराई)को इजलासले चन्द समूहका नेता हेमन्तप्रकाश ओलीसहित ६ जनालाई पुर्पक्ष थुनामा पठाएको अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले बताए ।

विस्फोटका आरोपी ६ जनालाई पुर्पक्ष थुनामा राख्न जिल्ला अदालतको आदेश 

महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी काभ्रेबाट खटिएको टोलीले नख्खुस्थित एनसेल कार्यालय बाहिर भएको विस्फोटमा संग्लन भएको आरोपमा गत चैत ९ गते काभ्रेबाट नेत्रविक्रम चन्द समूहका तेस्रो वरीयताका नेता हेमन्तप्रकाश ओलीसहित नौ जनालाई पक्राउ गरेको थियो ।


अदालतमा पेस गरिएकाहरुलाई प्रहरीले कर्तव्य ज्यान, बम विस्फोट र राज्य विरुद्धको अपराधमा मुद्दा चलाएको छ । प्रहरी परिसर ललितपुरले घटनाको बेलाको सिसिटिभी फुटेज र प्रतिवादीहरुसँग प्रहरीले गरेको बयानको भिडियो सामाग्री पनि अदालतमा बुझाएको छ । प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेजमा प्रतिवादीहरु सूर्य भुजेल र जुम्ली भनिने वीरबहादुर खडायतलाई पनि देखिएको छ । प्रहरीले वीरबहादुरले बमलाई एनसेलको कार्यालयभित्र लगेर राखेको समेत देखिएको भन्दै उनीमाथि आरोप लगाएको थियो ।


उक्त घटनामा ओलीसहित रामकृष्ण खतिवडा, शिव धिमाल, दयाहाङ भनिने डिकेन्द्र राई, ईश्वर दमाई, जुम्ली भनिने वीरबहादुर कडायतलाई थुनामा पठाएको हो । घटनामा जोडिएका सूर्य भुजेल भने सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत रिहा भएका थिए । अदालतले फरार आरोपितको हकमा समान म्याद काट्ने भनी आदेश गरेको छ ।


प्रकाशित : वैशाख १०, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?