धादिङ केन्द्रबिन्दू बनाइ ५.२ रेक्टर स्केलको भूकम्प

काठमाडौँ — बुधबार बिहान धादिङ केन्द्रबिन्दू बनाइ ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६ बजेर २९ मिनेटमा भूकम्पको धक्का महसुश गरिएको छ । 

धादिङ केन्द्रबिन्दू बनाइ ५.२ रेक्टर स्केलको भूकम्प

गोरखा, धादिङ, रसुवा, काठमाडौं उपत्यका, मकवानपुर लगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ ।


केन्द्रका अनुसार धादिङको नौविसेलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको छ । बिहानै भूकम्पको धक्का महसुश गरिएको ठाउँका बासिन्दाहरु त्रसित बनेका थिए । नौबिसे र काठमाडौंमा मानिसहरुको भागाभाग पनि चलेको थियो ।


केन्द्रले यो भूकम्पको धक्का २०७२ साल वैशाख १२ गते गोरखामा गएको भूकम्पकै परकम्प भएको जनाएको छ ।

प्रकाशित : वैशाख ११, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?