नेकपाका केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टै हुने

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन् । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताए ।

यसवर्ष पार्टीको सङ्गठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने उनले बताए ।

पूर्वप्रधानमन्त्री दाहालले सरकार गठन भएको पहिलो एक वर्षमा कानून निर्माण, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध र भौतिक पूर्वाधार निर्माणको शुरुआतको हिसाबले महत्वपूर्ण भएको र सकारात्मक कामको शुरुआत भएको बताउँदै भने, “हामीले निर्वाचनको समयमा गरेको सङ्कल्पअनुसार नै विकासको काम शुरु भएको छ र त्यसरी नै अघि बढ्नेछ ।”

उनले पछिल्ला वर्षमा सामुदायिक विद्यालयमा सुधारको सङ्केत देखिन थालेको बताए । पहिले निजी विद्यालयमा भन्दा सामुदायिकमा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अनुशासनमा कमजोर भए पनि अहिले ती पक्षमा सुधार भएर निजीसँग प्रतिस्पर्धा गर्न सक्ने भएको उनले प्रस्ट पारे । लामो समयदेखि नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने खालको भए पनि अहिले रोजगारी सिर्जना गर्ने शिक्षालाई सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो । उनले भने, “सामुदायिक विद्यालयहरु यसरी नै सुधार हुँदै जाने हो भने केही वर्षभित्र सबै नेपालीका छोराछोरी सामुदायिकमै केन्द्रित हुनेछन् ।”

सो अवसरमा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा उल्लेखनीय सुधार भइरहेको बताए । निजीबाट सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी सङ्ख्या बढिरहेको बताउँदै उनले नगरभित्रका विद्यालयमा प्राविधिक शिक्षा विस्तार भइरहेको जानकारी दिए । उनले भने, “चालू आर्थिक वर्षमा तीन विद्यालयमा प्राविधिक शिक्षा शुरु भएकामा आगामी वर्षमा दुई विद्यालयमा थप्ने योजना छ ।” विद्यालयका प्रधानाध्यापक मीनबहादुर अछामीले विद्यालयमा भौतिक सुधार हुँदा शैक्षिक सुधारमा समेत सघाउ पुग्ने बताए । शहरी वातावरण व्यवस्थापन समाज नामक संस्थाले विद्यालयमा आठकोठे भवनको निर्माण गरेको थियो ।

प्रकाशित : वैशाख ११, २०७६ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्

नायव सुब्बा यादव दिउँसै कार्यालयमा निदाएपछि....

अवधेशकुमार झा

राजविराज — पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाअन्तर्गतको सम्पर्क कार्यालय राजविराज सप्तरीको एउटा कोठामा इन्जिनियरहरु कम्प्युटरमा काममा व्यस्त थिए  । अन्य कर्मचारी पनि यताउती गरिरहेका । कार्यालयको प्रवेशद्वार नजिकै रहेको कोठामा नायव सुब्बा भागवत यादव भने कुर्सिमै मस्त निदाइरहेका थिए ।

बुधबार दिउँसो सवा २ बजेतिर कार्यालयमै निदाइरहेको देखियो । उनको सुताई पनि अस्वाभाविक प्रकृतिका थिए । कुर्सीमा सुतेका उनको दुबै खुट्टा भने अगाडिको टेबलमाथि थियो । टेबलमा टेबलमा एउटा रजिष्टर र केही कागजपत्र एकातिर थिए भने अर्कोतर्फ नायव सुब्बा भागवतको गोडा तेर्सिएको थियो ।

उनी कार्यालयको टेबुल र कुर्सीमा सुतेको दृश्य क्यामेरामा कैद भएको केहीबेरपछि मात्र ब्यूँझिएका थिए । पदीय मर्यादाको ख्यालै नगरी दिउँसो कार्यालयमा कर्मचारी निदाएको देखेपछि सेवाग्राहीहरु अचम्चित बनेका थिए ।

उक्त कार्यालय अहिले सप्तरी जिल्लामा किर्ते उपभोक्तासम्बन्धी प्रकरणमा सर्वाधिक चर्चामा छ । प्रदेश नम्बर २ को भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सप्तरी जिल्लामा सञ्चालित केही योजनाहरुमा किर्ते गरेर उपभोक्ता समिति गठन गरी काम सुरु गरिएको कार्यालयका नासु भागवत पनि किर्ते प्रकरणमा तानिएका कर्मचारी हुन् ।


प्रकाशित : वैशाख ११, २०७६ १६:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्