कानुन व्यवसायी रेग्मी निलम्बित

पाँचथर — कानुन व्यवसायी चन्दनराज रेग्मी निलम्बनमा परेका छन् । कानुन व्यवसायी परिषद्ले वैशाख १ बाट ६ महिनासम्म कानुन व्यवसाय गर्न नपाउने गरी उनलाई निलम्बन गरेको हो । एउटै मुद्दामा वादी-प्रतिवादी दुवैतर्फबाट प्रतिनिधित्व गरी लिखत मस्यौदा गरेको कसुरमा निलम्बन गरिएको परिषद्ले जनाएको छ ।

रेग्मीलाई वादी ऋतुराज थेवे र प्रतिवादी बुद्धरानी नेम्वाङ भएको गाली बेइज्जती मुद्दामा थेवेका तर्फबाट फिरादपत्र र नेम्वाङका तर्फबाट फिराद र प्रतिउत्तरपत्र तयार गरी दुवै पक्षको लिखत तयार गरेको आरोप लागेको थियो ।

कानुन व्यवसायीको आचारसंहिता २०५१ मा एउटै मुद्दामा दुवै तर्फबाट मस्यौदा तयार गर्न र बहस गर्न नपाउने उल्लेख छ । फिदिम नगरपालिका-२ का लयप्रसाद बाँस्कोटाले २०७३ असार ६ गते रेग्मीविरुद्ध परिषद्‌मा उजुरी हालेका थिए ।

प्रकाशित : वैशाख ११, २०७६ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?