कांग्रेस नेता ताम्राकारको अन्त्येष्टि

काठमाडौँ — कांग्रेस नेता रामकृष्ण ताम्राकारको बुधबार अन्त्येष्टि गरिएको छ । पूर्वमन्त्रीसमेत रहेका ताम्राकारको वैदिक परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको मंगलबार निधन भएको थियो । 

कांग्रेस नेता ताम्राकारको अन्त्येष्टि

अन्त्येष्टिअघि कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालय र पशुपति आर्यघाटमा पार्टीको झन्डा ओढाएर सम्मान प्रकट गरेका थिए । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ११ देखि ३ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो ।


केन्द्रीय पदाधिकारीसहित पार्टीका नेता तथा कार्यकर्ता श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा पुगेका थिए । उनको निधनमा कांग्रेस केन्द्रीय कार्यालयले तीन दिनसम्म पार्टीको झन्डा झुकाउने निर्णय गरेको छ । पार्टीले १३ दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय लिएको छ । लोकतन्त्र दिवसका अवसर पारेर बुधबार नै सुरु गर्न लागिएको जनजागरण अभियानसमेत स्थगित गरी वैशाख २५ मा सुरु गर्ने निर्णय गरेको छ ।


प्रकाशित : वैशाख ११, २०७६ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?