१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आगलागी हुँदा ५ घर क्षति

बलराम घिमिरे

रसुवा — जिल्लाको नौकुन्ड गाउँपालिका-१ थाङदोरमा आगलागी हुँदा ५ घर जलेर नष्ट भएको छ । आगोले जलेर मेन्दो पासाङ थोक्रा, लक्षिन लामा, ज्ञाना छोवाङ नेकोर, दावा फुर्पा नेकोर र किप्पा नेकोरको घर पूर्ण रूपमा नष्ट भएको छ । 

आगलागी हुँदा ५ घर क्षति

विद्युत् चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । 'दिउँसोको समयमा आगलागी भएकाले मानवीय र चौपायको क्षति भएको छैन' उनले भने, '५ वटा घर जलेर नष्ट भएको छ ।' आगो निभाउन नेपाली सेना र स्थानीयवासीले प्रयास गरिरहेका छन् ।'


कसको घरबाट करेन्ट सर्ट भएर आगलागी भएको भन्ने कुरा आइनसकेको प्रहरीले बताएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?