हुम्लामा मौसमी रुघाखोकीबाट ८ जनाको मृत्यु 

राजबहादुर शाही

मुगु — हुम्लाको ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकीबाट दुई बालकसहित ८ जनाको मृत्यु भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १ देखि ३ मा रुघाखोकीले ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तुलसी अधिकारीले जानकारी गराए । 

उक्त क्षेत्रमा मौसमी रुघाखोकी भएको र जिल्लाबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर रोग नियन्त्रणमा आइसकेको अधिकारीले बताए ।


कर्णाली प्रदेश अन्तर्गत क्षेत्रिय स्वास्थ्य निर्देशनालयबाट रोग अनुसन्धान गर्न चिकित्सकको टोली आइतबारसम्म प्रभावित क्षेत्रमा पुग्ने प्रमुख जिल्ला अधिकारी दोलकराज ढकालले बताए ।

प्रकाशित : वैशाख १४, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?