कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

रुघाखोकी प्रभावित क्षेत्रमा विशेषज्ञ डाक्टर पठाउने तयारी   

एलपी देवकोटा

जुम्ला — मौसमी रुघाखोकीबाट ९ जनाको मृत्यु भए पछि हुम्लाको ताजाकोट गाउँपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ चिकित्सकसहितको टोली पठाउने तयारी गरेको छ । 

रुघाखोकी प्रभावित क्षेत्रमा विशेषज्ञ डाक्टर पठाउने तयारी   

हुम्लामा मौसमी रुघाखोकीका कारण ९ जनाको मृत्यु भएको खबर पाएपछि विशेषज्ञ चिकित्सक सहितको टोली हुम्ला पठाउने तयारी भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।


कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर औषधिसहित विशेषज्ञ चिकित्सलाई हुम्ला पठाउने तयारी गरिरहेको उनले बताए ।


हुम्लाको दक्षिणी भेगमा अवस्थित ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकीबाट तीन सातामा ९ जनाको मृत्यु भैसकेको छ । स्वास्थ्य कार्यालयले रोग निदान हुन नसके पनि मौसमी रुघाखोकीले मृत्यु भएको हुन सक्ने जनाएको छ ।

प्रकाशित : वैशाख १५, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?