कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेइजिङमा राष्ट्रपति भण्डारीलाई राजकीय सम्मान

लक्ष्मी लम्साल

बेइजिङ — चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले सोमबार राजकीय सम्मान प्रदान गरेको छ। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भण्डारीलाई ग्रेट हल अफ द पिपुल्सको पूर्वी गेटको परिसरमा सम्मान दिइएको थियो।

बेइजिङमा राष्ट्रपति भण्डारीलाई राजकीय सम्मान

सो अवसरमा चिनियाँ नेताहरू तिङ् सुएस्याङ, याङ च्ये छ, वु वैह्वा, वाङ यी, स्या पाओलोङ, ह लिफङ लगायत सहभागि थिए।


द्विपक्षीय भेटवार्तामा राष्ट्रपति सीले चीनले साइनो-नेपाल मित्रता विकासका लागि निकै महत्व दिएको, नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अक्षुण्णता तथा विकासको राष्ट्रिय परिस्थितिको उच्च सम्मान गरेको बताउँदै चीनको भित्री चासो तथा महत्वपूर्ण सवालहरूमा नेपालले दिएको समर्थनको उच्च मूल्यांकन गरे।


नेपाल पक्ष बीआरआईमा सक्रियतापूर्वक सहभागी भएकोमा सराहना गर्दै उनले पूर्वाधार निर्माण तथा नेपाल-चीन सीमापार आर्थिक सहयोग क्षेत्रको निर्माण गर्नुपर्ने बताए। उनले भने, ‘चीनले नेपालको आर्थिक तथा सामाजिक विकासमा समर्थन गर्ने इच्छा लिएको छ।’


दुवै देशका विधायक अंगहरू, राजनीतिक पार्टी, युवा, थिंक ट्यांक, मिडिया तथा स्थानीय जनसमुदायबीचको आदानप्रदानलाई अझै घनीभूत पार्नु अपरिहार्य रहेको सीले बताए।


भेटमा राष्ट्रपति भण्डारीले नयाँ चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको शुभकामना दिँदै बीआरआई सम्मेलन सफल भएकोमा हार्दिक बधाइ ज्ञापन गरिन्।


बीआरआई विश्व प्रभावका हिसाबले ऐतिहासिक भएको भन्दै उनले नेपाल-चीन सहकार्यको गतिलो मञ्च उपलब्ध गराएको पनि बताइन्। द्विपक्षीय भेट्वार्तापछि दुवै नेताहरू चीन नेपाल पारवहन प्रोटोकल लगायत सम्झौतामा हस्ताक्षरको साक्षी बसे।

प्रकाशित : वैशाख १६, २०७६ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?